खाडाेबाट दुई लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ

मिति: २०२३-०४-२० , समय : ०६:१२:४८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका–१ स्थित खाँडो खोलाबाट भारतीय नोटसहित एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खटिएको टोलीले दुई लाख १२ हजार रुपैयाँ भारतीय नोटसहित भारतको विहार राज्यअन्तर्गत मधेपुरा जिल्ला ग्रामपञ्चायत रायभीर वडा नं १५ थाना वसन्तपुर घर भएका ४१ वर्षका विधानन्दकुमार विमललाई नियन्त्रणमा लिएको हो ।

जाँच गर्ने क्रममा भारततर्फबाट नेपालतर्फ पैदल हिँड्दै आउँदै गरेका उनका साथबाट दुई हजारको चार थान, पाँच सयको तीन सय ८८ थान र दुई सयको ५० थान गरी जम्मा दुई लाख १२ हजार रुपैयाँ भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएका विधानन्दलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको तथा घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेश कुमार सिंहले जनाकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०४-२० , समय : ०६:१२:४८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित