मधेश प्रदेश : फोहोर फाल्ने ठाउँबाट नक्कली नोट बरामद

मिति: २०२३-०४-१८ , समय : १८:५५:०६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशकाे सर्लाहीको लालबन्दीमा ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा न.–७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी अाज बिहान फोहोर फाल्ने ठाउँमा नक्कली नोट बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्ताराम कार्कीले एक हजारका ५३० वटा नक्कली नोट बरामद भएको जानकारी दिए ।

नक्कली नोटसँगै एक हजार दरको नोट आकारकै पाँच सय भन्दा बढी ‘फोटोकपी पेपर’ समेत बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

नक्कली नोट बनाउने कार्यमा संलग्न व्यक्तिले बजारमा ती नोट प्रयोग गर्न नसकेपछि फोहोर फाल्ने ठाउँमा ल्याएर फालेको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रकाशित मिति: २०२३-०४-१८ , समय : १८:५५:०६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्