अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीको चाैथो जिल्ला सम्मेलन सम्पन्न
मिति: २०२३-०४-१७ , समय : १८:१४:३२ , गामघर डेस्क
मिति: २०२३-०४-१७ , समय : १८:१४:३२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीको चाैथो जिल्ला सम्मेलन साेमबार सप्तरीको राजविराजमा सम्पन्न भएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीको चाैथो जिल्ला सम्मेलन रामचन्द्र यादवको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का केन्द्रीय सदस्य पार्टी जिल्ला अध्यक्ष एवं पुर्व सिचाइ मन्त्री उमेश कुमार यादव , बिशिस्ट अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघ मधेस प्रदेश सचिव केदार देव, अतिथीहरु राजबिराज नगरपालिका वडा नं.८ का वडाअध्यक्ष एवं राजबिराज नगर पालिकाका प्रवक्ता जयनारायण मण्डल, पार्टी राजबिराज नगर इन्चार्ज भन्नलाल यादव, सप्तरी युवा परिषदका अध्यक्ष YCL Nepal का नगर अध्यक्ष संजय कुमार दास लगायतकाहरुले शुभकामना मन्तब्य राखेका थिए ।
चाैथो जिल्ला सम्मेलनबाट अध्यक्ष रामचन्द्र यादव, उपाध्यक्षमा बिजेन्द्र प्रसाद देव , सचिवमा कमल नारायण राम, सह- सचिवमा कपुर देवि चाैधरी र कोषाध्यक्षमा ज्ञानबत्ती सरदार सहित ४१ सदस्यीय निर्वाचित भएको छ ।
कार्यक्रम को अन्तमा प्रमुख अतिथी ,अतिथिहरुले निर्वाचित सबै सहभागीहरुलाई माला र अबिर लगाई सफल कार्यकालको बधाई शुभकामना दिएका थिए । भने महासंघको सप्तरीको इन्चार्ज रतन मण्डल खङ्गलाई जिम्मेवारी समेत दिई अध्यक्ष रामचन्द्र यादवले कार्यक्रम समापन्न गरेका थिए ।
प्रकाशित मिति: २०२३-०४-१७ , समय : १८:१४:३२ , 2 years अगाडि