सुनसरीको इनरुवामा लघुवित्त पीडित र प्रहरीबीच झडप

मिति: २०२३-०४-१६ , समय : १८:२३:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सुनसरी । लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ ।

आइतवार सुनसरीको इनरुवामा लघुवित्त संस्थाको विरोधमा आन्दाेलन गरिरहेका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो । लघुवित्त पीडितहरूले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो ।

प्रहरीले गाडी सञ्चालनमा अवरोध नगरि आन्दोलन गर्न सम्झाए पनि आन्दोलनकारीले नमान्दा प्रहरीले उनीहरूलाई लाठी चार्ज गरेर लखेटेर सडक खुलाएको थियो । सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका छन् ।

आन्दोलनका कारण पूर्व–पश्चिम राज मार्गअन्तर्गत इनरुवा बसचोक खण्डमा दिनभर गाडी सञ्चालन हुन सकेको छैन । आन्दोलनकारी बिहानैदेखि सडकमै सुतेका थिए । आन्दोलनमा सहभागी धेरैजसाे महिला भएकाले समेत प्रहरी लामो समय संयमता अपनाएको थियो । आफूहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै आन्दोलनकारीले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: २०२३-०४-१६ , समय : १८:२३:३७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित