दिलीप महतोकाे हत्यारालाइ २५ वर्ष र एकजनालाई साढे १२ वर्ष कैद सजाय
मिति: २०२३-०२-२४ , समय : १७:५८:३८ , गामघर डेस्क
मिति: २०२३-०२-२४ , समय : १७:५८:३८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । दिलीप महतो हत्या प्रकरणमा जिल्ला अदालत धनुषाले तीनजनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ ।
अाज न्यायधिश चित्रबहादुर गुरुङ्गको इजलासले दुईजनालाई २५/२५ वर्षको कैद सजाय र जनही ५ लाख क्षतिपुर्ति र एकजनालाई साढे १२ वर्ष कैद र अढाई लाख जरिवाना तोकेको छ ।
न्यायाधीश गुरुङ्गले विपिन कुमार महतो र मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैदको फैसला सुनाएका हुन भने पीडित परिवारलाई ५/५ लाख क्षतिपूर्ती दिन आदेश दिएका हुन् ।
यसेगरि मतियारकाे भूमिका खेलेका जितेन्द्र कुमार महतोलाई साढे १२ वर्ष कैद र अढाई लाख क्षतिपूर्ती दिन आदेश गरिएको हो ।
प्रकाशित मिति: २०२३-०२-२४ , समय : १७:५८:३८ , २ वर्ष अगाडि