महाविपत्तिमा जसरी काम गर्नुपर्ने अवस्था छ :महामन्त्री गगन थापा
मिति: २०२३-०४-१५ , समय : १७:४६:१६ , गामघर डेस्क
मिति: २०२३-०४-१५ , समय : १७:४६:१६ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अहिले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको वेलामा जस्तो सोेचेर काम गर्नुपर्ने वेला आएको उनको भनाइ छ। नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा थापाले मुलुक संकटमा रहेको वेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे।
महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा जानेतर्फ पनि सरकारलाई सचेत गराए। सरकारले राम्रो काम गर्दै गए तीन-चार महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको दाबी छ।
‘यहाँ बसेर हामीले परिणाम दिने हो। यसमा हामीले ठीक ढंगले काम गर्न सक्यौ भने अवको ३/४ महिनाभित्रमा फेरि देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन। स्थिति ठीक छैन, असहज छ। राम्रोसँग सम्हालेनौ भने बिग्रँदै जान्छ। ठीक ढंगले सुझबुझपूर्ण ढंगले सम्हाल्दै गयौ भने फेरि सम्हालिँदै जान्छ,’ उनले भने।
महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए।
प्रकाशित मिति: २०२३-०४-१५ , समय : १७:४६:१६ , २ वर्ष अगाडि