सप्तरी सहित मिथिलान्चलमा सिरुवा पर्वको रौनकता…
मिति: २०२३-०४-१५ , समय : १०:३५:५२ , शुभ नारायण यादब
मिति: २०२३-०४-१५ , समय : १०:३५:५२ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । सप्तरी सहित मिथिलान्चल तथा पूर्वी तराईका विभिन्न ठाउँमा सिरुवा पर्वको रौनक छाएको छ । यो पर्व नयाँ वर्षसँगै मनाउन सुरु गरिन्छ । नववर्षको पहिलो दिन सतुवाइन र दोस्रो दिनलाई सिरुवा अर्थात् जुडशीतलका रूपमा मनाउने गरिन्छ ।
मधेस प्रदेशकाे सप्तरी ,सिराहा , धनुषा ,महाेतरि ,सर्लाही ,बारा ,पर्सा ,राेतहट र छिमेकि काेशि प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा सिरुवा पर्व धुमधामकासाथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, कोचे, मेचे, उराँव, किसान, धिमाल, ताजपुरिया, गनगाँई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्छन् । यो पर्वलाई समय परिवर्तनको सङ्केतको रुपमा पनि मनाउने गरिन्छ।
यो पर्वमा पानीको बढीभन्दा बढी प्रयोग हुने गरेकाले पानीले शीतलता दिन्छ भन्ने मान्यताका साथ यस पर्वलाई जुडशीतल पनि भन्ने गरिन्छ । सिरुवा जुडशीतलमा आदिवासी समुदायको नजिकमा रहेका धार्मिकस्थलमा मेला लाग्ने गर्छ । यस्तो मेला वैशाख महिनाभरि नै ठाउँअनुसार फरकफरक दिनमा लाग्ने गर्दछ । साेहि अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिका स्थित शम्भुनाथ मन्दिरमा एक महिना अर्थात वैशाख महिनाभरि ठुलो मेला लाग्ने गरेको छ ।
सिरुवा पर्वमा मेला लाग्ने ठाउँमा ग्राम देवताको पूजा गर्ने प्रचलन छ । यसबाट उत्पादन बढी हुने जनविश्वास छ । जुडशीतल मनाउने दिन अग्रजले बालबालिकाको शिरमा पानी छर्कने र बोटबिरुवामा पनि पानी हाल्ने चलन छ ।
यता सिरुवा पर्वकाे अवसरमा अाज मधेस प्रदेशमा सार्वजनिक बिदा समेत दिएको छ । भन्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्वको अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: २०२३-०४-१५ , समय : १०:३५:५२ , २ वर्ष अगाडि