युक्रेनको स्लोभ्यान्स्कमा रुसको आक्रमण : ८ जनाको मृत्युु , २१ जना घाइते

मिति: २०२३-०४-१५ , समय : ०८:४१:४६ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

रुस ।
रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा आक्रमण गरेको छ । घटनामा दुई वर्षीय बालकसहित ८ जनाको ज्यान गएको छ ।

२१ जना घाइते भएका समाचार संस्था अल जजिराले जनाएको छ । आक्रमणमा केही नागरिक बेपत्ता भएका खबरमा उल्लेख छ ।

ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने आशङ्कामा खोजी भैरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । साथै उहाँले आक्रमणको निन्दा पनि गर्नुभएको छ ।

रुसी सेनाले ५ वटा घर, अपार्टमेन्ट र विद्यालयलाई लक्षित गरेर विस्फोट गराएको युक्रेनको दाबी छ । रुसले अघिल्लो वर्ष फेब्रुअरीदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०४-१५ , समय : ०८:४१:४६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित