सप्तरीमा एटीएमको सिसा तोडफोड गर्ने दुईजना पक्राउ

मिति: २०२३-०४-१४ , समय : १५:०४:५९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
एटीएमबाट पैसा ननिस्कदा बुथको ढोकामा तोडफोड गर्ने दुईजनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका २ बस्ने ३८ वर्षीय सुबास कुमार चौधरी र २५ वर्षीय निराजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बिहिबार साँझ अग्निसाईर कृष्णसवरण ६ महुली बजार स्थित माच्छापुछे बैकको एटीएमबाट पैसा निकाल्न जादा पैसा ननिस्केको कारण रिसले दुबैजनाले एटीएमको बुथको ढोकाको सिसा लात र हातले हानि फुटाई रहेको अवस्थामा सेक्युरिटी गार्डले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-१४ , समय : १५:०४:५९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित