दिनानाथ यादवको नेतृत्वमा प्रेस सेन्टर नेपाल जिल्ला समिति विस्तार

मिति: २०२३-०४-१३ , समय : १८:४९:४४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सप्तरी शाखाको वार्षिक जिल्ला सधारण सभाबाट समितिको नेतृत्वमा दिनानाथ यादव अध्यक्ष पुःन रहने गरी समिति विस्तार गरेको छ।
राजविराजमा बुधबार भएको वार्षिक सधारण सभाबाट प्रेस सेन्टर नेपाल जिल्ला समवन्य समितिको अध्यक्षमा दिनानाथ यादव, वरिष्ठ उपाध्यक्षमा विन्दु कुमार यादव, महिला उपाध्यक्षमा मन्जु यादव, उपाध्यक्षमा कमानन्द माझीलाई चयन गरेको छ।
यस्तै सचिवमा श्यामसुन्दर यादव र कोषाध्यक्षमा जितेन्द्र गुप्ता, सदस्यहरूमा जिवछ यादव, महेश कुमार यादव, दिपक चौधरी र सरस्वती कुमारी माझी चयन भएका छन्।
सेन्टरको रिक्त रहेको पदपूर्ति गर्दै जिल्ला समवन्य समिति विस्तार गरिएको अध्यक्ष यादवले जानकारी दिनु भयो। उहाँले सह–सचिव पछि मनोनीत गर्ने निर्णय भएको समेत जानकारी दिनु भयो।
सो अवसरमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला ईन्चार्ज अशोक कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव, माओवादी केन्द्रका केन्द्रिय सदस्यद्वय सुर्यनाथ यादव, शिवराम यादव, प्रथम संविधान सभा सदस्य लक्ष्मी चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवरामप्रसाद यादव, मधेश प्रदेश अध्यक्ष किरण कुमार कर्ण, मुख्य सचिव गोपाल गुप्ता, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण देव, पुर्व अध्यक्ष मुरली प्रसाद यादव, सल्लाहकार मनोहर पोखरेल, सचिव रामनारायण विश्वास, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण सिंह, माओवादी केन्द्रका मधेश प्रदेशका पुर्व सदस्य छेदी रजक (विमल) लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२३-०४-१३ , समय : १८:४९:४४ , 2 years अगाडि