सप्तरीकाे ग्रामिण भेगहरुमा चाेरीकाे अातंक…सर्वसाधारण चिन्तित, प्रहरी प्रशासन मोन
मिति: २०२३-०४-१३ , समय : १३:१९:०० , गामघर डेस्क
मिति: २०२३-०४-१३ , समय : १३:१९:०० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । पछिल्लोपटक सप्तरीको ग्रामिण भेगहरुमा चाेरिकाे घटनाक्रम बढदे गएपछि स्थानीयहरु चिन्तित बनेका छन ।
साेहि क्रममा सप्तरीकाे तिलाठी काेईलाडी गाउँपालिकाे अधिकाशं वडाहरूमा चाेरीकाे अातंक बढदै गएका छन् ।
विहिबार तिलाठी काेईलाडी गाँउपालिका वाड न ७ बभनगमा टाेलमा विहान ४ वजे अशाेक कुमार यादवकाे घरमा चाेरी भएकाे छ । घरकाे उत्तरपट्टीकाे रूममा काेई नरहेकाे माेका छाेपि एउटा बाक्स चाेरले चाेरी गरिएकाे छ ।
उक्त बाक्स भित्र रहेकाे चान्दीकाे १२ भरी पायल , नगद १४ हजार, मंग शुत्र ८ अना , कानकाे बाली ५ , अना मंटिका ५ अना चाेरहरूले चाेरि गरिएकाे अशाेक यादवले बताए । काे वर्साईन प्रहरी चाैकिकाे अनुसार अनुसन्धानकाे क्रममा उक्त बाक्स चाेरहरूले घरकाे पुर्व पट्टी नदिकाे छेउमा लगेर नगद लगाएत अन्य सामग्रहीहरू झिकेर फालेको अवस्थामा फेलापरेकाे प्रहरीले बताउनु भएकाे छ ।
यसअघि सप्तरीकाे दक्षिणी भेगकाे साबिक बरहि बिरपुर हाल छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरमा लाखौंको धनमाल चाेरि भएको छ ।
प्रकाशित मिति: २०२३-०४-१३ , समय : १३:१९:०० , २ वर्ष अगाडि