काचनका अग्निपिडित परिवारलाइ नगद सहित राहत सहयोग

मिति: २०२३-०४-१३ , समय : ०६:४२:५८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सहयोगी हातहरुको अग्निपीडितहरुलाई एउटा सानो सहयोग स्वरुप सप्तरीका एक अग्निपिडित परिवारलाई नगद सहित राहत वितरण गरेको छ ।
धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा
आगलागिबाट सर्वस्व गुमाई बिच्चलीमा रहेको सप्तरीको बाेदेबरसाईन नगरपालिका वडा न.-८ काचनका अग्निपीडितहरु हरि नारायण राम र अशोक रामका परिवारहरुलाई सहयोग स्वरुप त्रिपाल झुल तन्ना लुगाफाटा भाडाकुडा म्याट लगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो । गत चेत २६ गते आगलागि हुदा अनुमानित १२ लाख भन्दा बढ़ीको धन सम्पत्तिको क्षति भएको थियाे ।

यसेगरि राहत वितरण कार्यक्रममा स्थानीयबासी एवम् गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका चिकित्सक डा.डिकनाथ यादवकी छोरी एंजल कुमारी यादवले आफ्नो जन्मदिनको खर्च वापतको रकम रु. ५ हजार ५५ रुपैयाँ अग्निपीडित हरी नारायण रामको परिवारलाई प्रदान समेत गरिएको छ ।
उक्त समाजसेवी डा.डिकनाथ यादव,शिक्षक पंचदेव दास लगायत स्थानीय व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति: २०२३-०४-१३ , समय : ०६:४२:५८ , २ वर्ष अगाडि