छिन्नमस्ता गाउपालिका: रोकिएको कित्ताकाट खोलाउन गाउपालिका अध्यक्षलाई बुझाए नेपाली काङ्ग्रेसले ज्ञापनपत्र

मिति: २०२३-०४-१२ , समय : २१:२७:१६ , रुपेश कुमार यादव

तस्बिर : गामघर टिभिबाट

रुपेश कुमार यादव

सखडा । सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरीलाई रोकिएको कित्ताकाट खोलाउन ज्ञापनपत्र बुझाएको छ । आज(बुधबार) नेपाली काङ्ग्रेस पार्टीका पालिका समिति सभापति कुलानन्द यादव सहित कार्यकर्ताहरुले रोकिएको कित्ताकाट खोल्न बाधक रहेको पालिकाले जग्गाको वर्गीकरण गरि किताकाट खोल्न पहल गरिदिनु माग गरेका हुन । सभापति कुलानन्द यादवका अनुसार किताकाट नहुनुले बिद्यार्थिलाई पठनपाठनमा समस्या मात्र नभई बिवाह, जन्म, मृत्यु, बसाइँसराइ, श्राद्दमा समेत प्रत्यक्ष असर गरिएको बताए । ज्ञापनपत्र बुझेपछि गापा अध्यक्ष चौधरीले आजकै मितिबाट कार्यान्वयन गर्न प्रमुख प्रशासकिय अधिकृतलाई निर्देशन दिएकाछन । त्यस लगत्तै अध्यक्ष चौधरीले “किताकाट नरोकिकन पनि वर्गीकरणका कार्यलाई अगाडी बढाएको भए यो समस्या नै नबन्ने थियो ” नेपाल सरकारसङ गुनासो समेत गरेका छन ।

प्रकाशित मिति: २०२३-०४-१२ , समय : २१:२७:१६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित