संघीयताको रक्षा र मधेसका बाँकी अधिकार प्राप्तिका लागि लागि उपेन्द्र यादव संसदमा पुग्नुपर्छ : सोनल

मिति: २०२३-०४-१२ , समय : ०८:०८:५४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

बारा ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले संघीयताको रक्षा र मधेसका बाँकी अधिकार प्राप्तिका लागि जसपा अध्यक्ष उपेन्द्र यादवलाई संसद्मा पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।

बारा–२ को उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार यादवलाई जिताउन लोसपाबाट जिम्मेवारी पाएका मधेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सोनलले संसद्मा यादव नहुँदा संघीयतामाथि प्रहार भइरहेकोले उनको उपस्थिती अपरिहार्य भएको बताएका हुन् ।

मंगलबार बाराको सुर्वण गाँउपालिका वडा नम्बर ६ जमुनियामा आयोजित गठबन्धनको चुनावीसभामा बोल्दै सोनलले भने, ‘अहिले संघीयतामाथि अनेक ढंगले प्रहार भइरहेको छ, संघीयता विरोधी शक्तिहरु सल्बलाइरहेका छन्, त्यसका कारण संसद्मा उपेन्द्र यादवजीको उपस्थिती आवश्यक छ ।’

मधेशका केहि बहुरुपीयाहरुको भ्रममा नपर्न बारा–२ का जनतालाई आग्रह गर्दै सोनलले गठबन्धनका साझा उम्मेदवार यादवलाई नै अत्याधिक मत दिएर जिताउन अपिल पनि गरे । मधेशको मुद्धा लोसपा र जसपाले कहिल्यैपनि नछाडेकाले बाँकी रहेका अधिकार प्राप्तिका लागि चलिरहेको संघर्षलाई दुवै दलले नै गन्तव्यमा पुर्‍याउने उनको दाबी थियो ।

चुनावीसभालाई जसपा अध्यक्ष एवम् बारा-२ का उम्मेदवार यादव, पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादव, मधेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतलगायतले पनि सम्बोधन गरेका थिए । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२३-०४-१२ , समय : ०८:०८:५४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित