नयाँ बर्षदेखि विराटनगरमा पान, खैनी र गुटका विक्रीमा प्रतिबन्ध
मिति: २०२३-०४-१० , समय : १८:४४:२२ , ब्रह्मदेव यादव
मिति: २०२३-०४-१० , समय : १८:४४:२२ , ब्रह्मदेव यादव
ब्रह्मदेव यादव
विराटनगर ।
विराटनगर महानगरपालिकाले नयाँ बर्ष २०८० सालको बैशाख महिनादेखि पान, खैनी र गुटका विक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । महानगरपालिकाको निर्णयलाई अटेर गरेर जबरजस्ती पान, खैनी र गुटका विक्री गर्ने व्यवसायीलाई लाइसन्स खारेज गर्ने सम्मको कारवाही गर्ने तयारी गरेको छ ।
मेयर नागेश कोइरालाले विराटनगरलाई सफा र सुन्दर सहर बनाउन पान, खैनी र गुटका विक्रीमा प्रतिबन्ध लगाउने महानगरपालिकाको बोड बैठकले निर्णय गरेको बताए । सोमबार चिरफार डटकम सँग कुरागर्दैै मेयर कोइरालाले भनेः नयाँ बर्ष बैशाख महिनादेखि विराटनगरको सार्वजनिक स्थानमा कुनै पनि व्यवसायीले पान, खैनी र गुटका विक्री गर्न पाउने छैन । र विक्री गरेको पाइएमा दण्डित गर्ने व्यवस्था गरेका छौं ।
सार्वजनिक स्थानमा पान खाने र त्यसरी खाएको पानबाट निस्कने फोहोरजन्य पदार्थ सडक किनारामा फाल्दा विराटनगर सफा र सुन्दर सहर बन्न सक्दैन । विराटनगरालाई सफा र सुन्दर सहर बनाउने हो भने हामी सबै महानगरवासिको सम्मान जिम्मेवारी रहेकोले पान, खैनी र गुटका विक्री प्रतिबन्ध अभियानलाई सहयोग गर्न आग्रह गर्न समेत चाहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१० , समय : १८:४४:२२ , २ वर्ष अगाडि