मिटरब्याजपीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक’

मिति: २०२३-०४-१० , समय : १८:१५:०३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
आन्दोलनरत मिटरब्याजपीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ।

सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरूसँग गरेको दोस्रो वार्ता सकारात्मक भएको मिटरब्याजीपीडित संघर्ष समितिका प्रवक्ता मृग नवीनले बताए।

उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल भएको जानकारी दिए । उनले पीडितहरूसँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लोपटक संघर्ष समितिले पेस गरेका मागबारे दोहोरो संवाद भए पनि सहमति हुन नसकेको बताए।

उनका अनुसार मंगलबार मिटरब्याजपिडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्ने गरी आजको वार्ता सकिएको छ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२३-०४-१० , समय : १८:१५:०३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित