सप्तरीमा छुटाछटै ठाउँबाट दुई जना युवकद्घारा आत्महत्या
मिति: २०२३-०४-१० , समय : १७:२९:३१ , जितेन्द्र यादव जितु
मिति: २०२३-०४-१० , समय : १७:२९:३१ , जितेन्द्र यादव जितु
जितेन्द्र यादव जितु
राजविराज । सप्तरीमा छुटाछटै घटनामा सोमवार दुई जना युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरीको राजबिराज नगरपालिका वडा न. ११ झल्हि टाेलका १८ वर्षिय राजु मण्डलले सुत्ने कोठाको पङ्खा झुण्डियाउने फलामको हुकमा गम्छाको पासो लगाई झुण्डी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताउनभयो ।
लास झुण्डी रहेको अवस्थामा रहेको प्रारम्भिक अनुसन्धानको कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यसैविच महादेवा गाउपालिका वडा न.४ बलिया टोलका २२ वर्षिय अशोक यादवले आफ्नै सुत्ने कोठाको काठको बल्लोमा पलाष्टिकको डोरीको पासो लगाई झुण्डि छटपटाई रहेको अवस्थामा निजको आमाले देखि पासो काटी सोही स्थानमा राख्दा मृत्यु भई सकेको प्रहरीले जनाएको छ । दुवै घटनाको प्रकृती मुचुल्का पश्चात पोष्टमार्टमको लागी स्थानिय गजेन्द्रनारायण सिह असपतालमा ल्याएर धटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०४-१० , समय : १७:२९:३१ , २ वर्ष अगाडि