सप्तरीमा छुटाछटै घटनामा २ जनाको मृत्यु ,एक जना घाइते,दुई जनाद्घारा विष सेवन

मिति: २०२३-०४-०९ , समय : २०:३०:२९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीमा छुटाछटै घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते तथा दुई जनाले विष सेवन गरेको प्रहरीले जनाएको छ ।
सप्तरीको सुरूङगा नगरपालिका वडा न.३ स्थित कदमाहा देखी गाईघाट जाने सडक खण्डमासवारी दुर्घटनाबाट एकजनाको मूत्यु भएको छ । सो सडक खण्डमा प्र २–०१–००१ त २४४६ न.को ट्र्याक्टर कदमाह तर्फ जाँदै गर्दा सुरुगा नगरपालिका वडा न.३ का भेडिया घर भई हाल लक्ष्मीपुरका गोबिन्द न्यौपानेको घरमा ज्याला मजदुरी गर्दै बस्दै आईरहेको ५४ वर्षिय गोमा कुमारी दाहाललाई हिँडिरहेको अवस्थामा ठक्कर दिँदा दुबै खुट्टा र टाउकोमा चोट लागि उपचारको लागि माँ धमिनि अस्पताल लहान सिरहा उपचारको लागी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । घाईते गोमा देवी दहाल सुस्मा मेमोरियल अस्पताल साखु काठमाण्डौँमा उपचार गराई रहेकै क्रममा आज आइतवार मृत्यु भएको प्रहरीले जनाएको छ । शव सोही अस्पतालमा रहेको अन्य अनुसन्धान कार्य जारी रहेको छ भने साे घटनाका ट्याक्टर ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीमा राखिएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिका वडा न.६ खामगडाका ५५ वर्षीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो ।
सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सिंहका अनुसार गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका–७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।
ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका उहाँलाई स्थानीय जीवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
स्वास्थ्यमा सुधार हुँदा गत चैत १८ गते घर फर्केर औषधि खाइरहेका उहाँको शनिबार दिउँसो मृत्यु भएको डिएसपी सिंहले जानकारी दिनु भयो ।
कुटपिटमा संलग्न ज्वाइँमाथि छठुकी श्रीमती मायाबति नौनियाको ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् । ज्वाइँ महतो अहिले पुर्पक्षका लागि थुनामा छन् ।
यसै गरी जिल्लाको राजबिराज नगरपालिका २ स्थित झलहि नहरमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको स ५ प ६४३० नं. को मो.सा. लाई पछाडिबाट बीआर ५० आर ७७३० न. कोटरसाइकलले ठक्कर दिँदा स ५ प ६४३० न.को माटरसाइकदल.चालक राजबिराज न.पा.११ क ३० वर्षिय जय प्रकाश यादवको खुट्टामा चोट लागेको र सोहि मोटरसाइकल . पछाडि सवार १० वर्षिय किरण कुमारी यादवको टाउको र हात खुट्टामा चोट लागेको र ७ वर्षिय मनिष कुमार यादवको हात र टाउकोमा चोट लागेको छ भने बीआर ५० आर ७७३० न.को मोटरसाइकल चालक तिलाठि कोईलाडि गा.पा.२ लौनिया का ४५ वर्षिय भुपेन्द्र कुमार मंडलको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको चारै जनाको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुबै मोटरसाइकल अस्थायी प्रहरी पोष्ट. तितरिगाछिको नियन्त्रणमा रहेको छ भने उक्त घटना वारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यसै विच सप्तरीको दुई गाउँपालिकामा दुई जनाले विषादी सेवन गरेको सप्तरी प्रहरीले जनाएको छ । यसरी विष सेवन गर्नेमा अग्निसाईर कृष्णसावरण गा.पा. ४ प्रसवनि नयाँ टोल का ३० वर्षिया कंचन मरिकले घरायसी बिषयमा श्रीमान श्रीमति बीच बादविबाद भएको कारण केसाईक्रिन नामक विषादी सेवन गरेका छिन । स्थानिय अहिर अस्पताल जन्डोल सप्तरीमा उपचार भईरहेको प्रहरीले जनाउको छ । यस्तै राजगढ गाउपालिका वडा न. ६ कनकट्टाका १५ वर्षिय मो.अमिरले घरायसी बादविवादको कारण तरकारी बालीमा छर्ने सुपर किलर नामक बिषादी सेवन गरीएको प्रहरीले जनाएको छ । उपचारको लागी गजेन्द्र नारायण सिहं अस्पताल राजबिराज सप्तरीमा लगी उपचार भईरहेको छ । धटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-०९ , समय : २०:३०:२९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित