आईपीएल क्रिकेटमा राजस्थानले दिल्लीलाई ५७ रनले हरायाे

मिति: २०२३-०४-०८ , समय : २०:०२:५८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

बरहि बिरपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको छ ।

गुवाहिटीमा राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय ४२ रन मात्रै बनायो ।

दिल्लीका लागि डेविड वार्नरले ६५ र ललित यादवले ३८ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्टले ३ विकेट लिए ।

राजस्थान ४ अंकसहित शीर्ष स्थानमा छ भने तीन खेलमा खाता खोल्न नसकेको दिल्ली पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: २०२३-०४-०८ , समय : २०:०२:५८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित