मधेश प्रदेश : लागूऔषधसहित २० वर्षीय युवक पक्राउ
मिति: २०२३-०४-०८ , समय : १९:३५:३६ , गामघर डेस्क
मिति: २०२३-०४-०८ , समय : १९:३५:३६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
मधेस प्रदेशकाे सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान सर्लाहीको मलंगवा नगरपालिका वडा न. २ स्थित प्रहरीको टोलीले भारतबाट साईकल चलाई नेपाल तर्फ आउँदै गरेका कौडेना गाउँपालिका २ ईनर्वा बस्ने २० वर्षीय किसन यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार युवकको साथबाट कोडिवेल नाम १०० एमएलको ५० बोत्तल बरामद भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०४-०८ , समय : १९:३५:३६ , २ वर्ष अगाडि