जसले किताब सापटी मागेरै एमबिबिएसमा ‘फुल स्करलसिप’ पाए
भनिन्छ, जहा इक्क्षा त्यहाँ उपाय..........
मिति: २०२३-०४-०८ , समय : १६:०७:२८ , रञ्जन भण्डारी
मिति: २०२३-०४-०८ , समय : १६:०७:२८ , रञ्जन भण्डारी
रञ्जन भण्डारी
जनकपुर । मधेस प्रदेशकाे महोत्तरीको जलेश्वर नगरपालिका– २ का महादेव पासमान डाक्टर बन्न चाहान्थे । परिवारको आर्थिक अवस्था कमजोर भएकाले साथीहरुसँग किताब मागेरै उनले मेडिकल शिक्षाको इन्ट्रान्स तयारी गरे । कडा मेहेनत र लगनको प्रतिफल स्वरुप उनले एमबिबिएसको इन्ट्रान्स परीक्षामा फुल स्करलसिप पाए । चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा उनले ८६.५ प्रतिशत अंक ल्याए ।
एसइईमा ४ जिपिए, कक्षा ११ मा ३.७१ र कक्षा १२ मा ३.३० जिपिए ल्याएका महादेवलाई सुरुदेखि नै किताब कापि किन्न निक्कै सास्ती भोग्नु पर्थ्यो । बुबा विकु पासमान स्थानीय राजनीतिमा सकृय छन् । राजनीतिमार्फत समाजसेवामा लागेका उनको आर्थिक अवस्था निकै कमजोर छ । श्रीमती देवलादेवीले गाईको दूध बेचेर घर व्यवहार र बालबच्चाको लालनपालन गर्दै आएकी छिन् ।
महादेव तीन सन्तानमध्येका माइला हुन् । आर्थिक अवस्था दयनीय भएको पासमान परिवारलाई तीन सन्तानलाई पढाउन सहज थिएन । तर, महादेवको पढाइप्रतिको रुची र लगाबले उनको भने पढाइले निरन्तरता पाएको छ। आर्थिक अवस्था दयनीय भएकै कारण उनकी दिदीको विवाह भइसकेको छ भने उनी स्वयंले एसइई पछि कम शुल्कमा पढ्न पाइने आर्ट पढ्ने निधो गरेका थिए । महादेवलाई आफूले पढेको लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक संजिव झाले आफ्नै जिम्मेवारीमा राजर्शी जनक क्याम्पसमा साईन्स पढ्न पठाए । लगनशील भएकै कारण उनले त्यहाँ पनि स्कोलरशिपमै पढे ।
आमाबुवाको मेहनतले दुई छाक खान मुस्किलले पुग्ने महादेवको परिवारले छोरा डाक्टर बन्ने सोच्नु पनि अपत्यारिलो नै थियो । तर, महादेवले सापटी मागेकै किताव पढेर जलेश्वरमै परिवार र दलित समुदायको नाम उच्च गरिदिएका छन् । उनका बुबा विकु भन्छन्, ‘छोराले नाम उच्च गरिदियो । मैले समाजसेवा गरेर पैसा कमाउन नसकेपनि आशिष कमाउन सकें । सायद त्यही आशिषको प्रतिफल आज छोराले सफलताको पथमा एक पाइला अघि बढ्न पाएको छ ।’
डा. भगवान कोइरालाझैं सफल कार्डियोलोजिस्ट बनेर आफ्नो क्षेत्रमा मुटु नाम कमाउने उनको चाहाना छ । ‘काकाको मुटुमा प्वाल थियो । भल्व खराव भयो र तीन वर्ष पहिले उनको मृत्यु भयो । काकालाई बचाउन सकिएन । मैले त्यही बेला सोचें– डाक्टर बन्छु,’ उनले भने । उनी कर्णाली एकेडेमी अफ हेल्थ साइन्स जुम्लामा भर्ना हुँदैछन् । चैत्र ३० गतेभित्र भर्ना भइसक्नुपर्ने भए पनि परिवारले त्यहाँ जाने खर्च कसरी जोहो गर्छन् भन्ने उनलाई चिन्ता छ । ‘एडमिशनपछि होस्टेल, मेस, प्राक्टिकल एक्जाम, किताव, उपकरणहरु र ल्यापटप आवश्यक हुन्छ । तर यसको लागि पैसा छैन । मासिक १५ हजार भन्दा बढी खर्च हुन्छ । नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२३-०४-०८ , समय : १६:०७:२८ , २ वर्ष अगाडि