नाइजेरियाको एक राज्यमा बन्दुकधारी समूहकाे आक्रमणमा परि ४६ जनाको मृत्युु

मिति: २०२३-०४-०८ , समय : ११:३२:२८ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

नाइजेरिया ।
नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक गाउँमा बन्दुकधारी समूहकाे आक्रमणमा परि ४६ जनाकाे ज्यान गएकाे छ ।

बेनुए राज्यको उमोगिडी समुदायका नागरिकमाथि घुमन्ते गोठालाहरूले आक्रमण गरेका एएफपीले जनाएकाे छ । आक्रमणमा परि थुप्रै नागरिक हराइरहेका र ज्यान गुमाउनेकाे सङ्ख्या बढ्न सक्ने बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले बताउनु भएकाे एएफपीमा उल्लेख छ ।

उहाँले गोठालाहरूले झन्डै एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेका पनि बताउनु भएकाे छ । आक्रमणको कारण भने खुलेकाे छैन । गाेठालाहरुले गाईबस्तु चराएर आफ्नाे खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०४-०८ , समय : ११:३२:२८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित