देउरीभरुवाका अग्निपिडित परिवारलाई समाजसेवी इ. यादवले बाडे राहत
मिति: २०२३-०४-०७ , समय : १८:२४:२५ , शुभ नारायण यादब
मिति: २०२३-०४-०७ , समय : १८:२४:२५ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । दुख र सुखमा सबैलाई सहयोग गर्दै अाएका सप्तरीका एक सस्थाले अग्निपिडित परिवारलाई पुन राहत सहयोग गरेका छन । सहयोगी हातहरुको अग्निपीडितहरुलाई एउटा सानो सहयोग
स्वरुप धर्मी हल्फा महिला विकास क्लव लालापट्टीद्वारा सप्तरीको राजविराज नगरपालिका वडा न.-१५ देउरीभरुवाका अग्निपीडितहरु नारायण मंडल,कुशे मंडल र डोमा मंडलका परिवारलाई सहयोग स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन । अग्निपिडित परिवारलाई राहत स्वरुप त्रिपाल,झुल,तन्ना, लुगाफाटा, भाडाकुडा,म्याट, खाद्यान्न लगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो । गत चैत्र २३ गते आगलागि हुदा अनुमानित १५ लाख भन्दा बढिको धनसम्पतिको क्षति भएको थियोे ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण कुमार देव, राजविराज नगरपालिका वडा न.-१५ का वडाअध्यक्ष ओम नारायण साह, अपांग संघ सप्तरीका अध्यक्ष वीरेन्द्र कुमार चौधरी, रामेश्वर यादव, उमेश कुमार यादव,पारस मणि यादव ,डम्बर यादव लगायत स्थानीय व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे ।
प्रकाशित मिति: २०२३-०४-०७ , समय : १८:२४:२५ , २ वर्ष अगाडि