मोटरसाइकल चोरी गर्ने दुई भारतीय सहित तीनजना पक्राउ
मिति: २०२३-०४-०६ , समय : १४:४५:२२ , गामघर डेस्क
मिति: २०२३-०४-०६ , समय : १४:४५:२२ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर ।
प्रहरीले मोरंगमा मोटरसाइकल चोरी गर्ने दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको देवान्गजन गाउँपालिका वडा न. ३ का १८ वर्षीय राजकुमार यादव, भारतको अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशिल कुमार यादव र भारतकै पोसदाह पञ्चायतका २५ वर्षीय शौरभ कुमार यादव रहेका छन्।
चैत १० गते मोरङस्थित मालपोत कार्यालय अगाडिबाट को २५ प १९४५ नम्बरको मोटरसाइकल उनीहरूले चोरी गरको मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।
मोटरसाइकल चोरी गरी बिआर ३५८०२ उल्लेख भएको भारतीय नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
कागजपत्र नहुन सक्ने आशंकामा चेकजाँच गर्दा चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरिएको पाइएको डिएसपी दाहालले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०४-०६ , समय : १४:४५:२२ , 2 years अगाडि