मेरो माइक्रोफाइनान्स लघुवित वितिय सस्थाप्रति ग्रामीण महिलाहरु अाकर्षिक
मिति: २०२३-०४-०६ , समय : ०८:३९:०४ , शुभ नारायण यादब
मिति: २०२३-०४-०६ , समय : ०८:३९:०४ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । पछिल्लोपटक सप्तरीको ग्रामीण भेगका महिलाहरु मेरो माइक्रोफाइनान्स लघुवित वितिय सस्था लि.प्रति अाकर्षित बन्दै गएको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित वितिय सस्था लि.ले सप्तरीको राजविराज नगरपालिका सहित बाेदे बर्साइन , खडक ,डाक्नेश्वरि ,बलान बिहुल गाउपालिका लगायतका पालिकाहरुका झन्डै १ हजार ५ सय ७० जना महिलाहरुकाे प्रत्यक्षरुपमा लाभ दिदै अाइरहेकाे छ । ती महिलाहरुलाइ झण्डै १२ करोड ९५ लाख रकम लगानी गरि लाभान्वित पारेका हुन । सप्तरीको बाेदे बरसाइन नगरपालिकाकाे सभाहलमा अायाेजित मेरो माइक्रोफाइनान्स लघुवित वितिय सस्था लि.काे बार्षिक केन्द्र प्रमुखहरुकाे गाेष्ठि तथा वितिय साक्षरता अभिवृद्धि कार्यक्रममा सहभागी महिलाहरुले साे कुरामा जाेड दिएका हुन । कार्यक्रममा सहभागि महिलाहरु मध्ये पुनम कुमारी साहले उक्त लघुवित सस्थाबाट ६० हजार त्रृण लिएर कपडाको पसल सन्चालन गरेको तथा हाल अाएर झण्डै अाधा कराेड अर्थात ५० लाखकाे काराेवार गर्दै अाइरहेकाे बताउनुभयो । लघुवितबाट लिइएको किस्ताकाे सहि सदुपयोग गर्दा राम्रोसँग जीवन निर्वाह गर्न सकिने उहाले बताउनुभयो । साेहि कार्यक्रममा प्रमुख अतिथि सस्थाका केन्द्रीय प्रतिनिधि माधव न्याेपानेले उक्त सस्थाकाे देशभरिकाे ६४ जिल्लामा १ सय ४९ वटा शाखा कार्यालय मार्फत १ लाख ६२ हजार महिला सदस्यहरुलाइ सेवा प्रदान गर्दै अाइरहेकाे छ । जसमध्ये १ लाख ८ हजार त्रृणि सदस्य र झन्डै १७ अर्ब लगानी रहेकाे छ । भन्ने सदस्यहरुले हालसम्ममा साढे ३ अर्ब बचत गरेको जानकारी दिनुभयो । उक्त सस्थाकाे केन्द्रीय कार्यालय बिदुर नगरपालिका वडा न.४ स्थित बटार नुवाकोटमा रहेको छ भन्ने सम्पर्क कार्यालय सितापाइला काठमाडौंमा रहेको छ । सस्थाका बाेदे बर्साइन शाखाका प्रबन्धक शङ्कर कुमार राउतकाे अध्यक्ष्ाता तथा सस्थाका अनुगमन कार्यालयका अनुगमन अधिकृत अर्जुन गाेतमकाे बिशिस्ट अातिथ्यमा अायाेजित कार्यक्रममा बाेदे बरसाइन नगरपालिकाकि उपमेयर रेणु कुमारी साह , इलाका प्रशासन कार्यालयका प्रमुख दिनेश राउत , इलाका प्रहरी कार्यालय बाेदे बर्साइनका इन्चार्ज सुरेश कुमार यादव , वडा न.३ का वडाअध्यक्ष शिव नारायण यादव , युवा पत्रकार शुभ नारायण यादव ,सस्थाका कर्मचारीहरु तारणि प्रसाद यादव ,सुरेश कुमार यादव ,सन्जीव कुमार यादव ,सहभागी महिलाहरु बिनिता कुमारी चौधरी , रमिता कुमारी चौधरी लगायतकाहरुले अा अाफनाे शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । साेहि कार्यक्रममा सवाेत्कृष्ट बचत गर्ने महिला समुहहरुलाइ नगद सहित पुरुस्कार वितरण गरेको छ । पहिलो हुने मेरो सलहेश महिला समुहकि रमिता कुमारी चौधरीलाई ३ हजार नगद सहित प्रमाण पत्र , दाेस्राे हुने मेराे सिवानि महिला समुहकि शशिकला चौधरीलाई २ हजार ५ सय नगद , तेस्रो हुने बिनिता कुमारी चौधरीलाई १ हजार नगद र सान्तावन हुने बाबा कबिरदास महिला समुहकि प्रमुख प्रमिला कुमारी रामलाई रु ५ सय नगद सहित पुरुस्कार प्रदान गरेको छ । यसेगरि बढि बचत गर्ने महिला समुहकि प्रमुखहरु लिला कुमारी दास ,रामायण कुमारी चौधरी , रिङ्कु कुमारी चौधरी र पुनम कुमारी साह समेतलाई त्रिपाल सहित सम्मान पत्र कार्यक्रममा प्रमुख अतिथि ,बिशिस्ट अतिथि लगायतले वितरण गरेका छन ।
प्रकाशित मिति: २०२३-०४-०६ , समय : ०८:३९:०४ , २ वर्ष अगाडि