उपनिर्वाचन: कुन जिल्लामा उम्मेदवारले कति खर्च गर्न पाउने…?

मिति: २०२३-०४-०५ , समय : १६:४२:३० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ।

आयोगको आज बसेको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिएबमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का लागि रु. २९ लाख र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का लागि रु. ३१ लाख खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

आयोगले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेस गर्न आग्रह गरेको छ। रासस

प्रकाशित मिति: २०२३-०४-०५ , समय : १६:४२:३० , २ वर्ष अगाडि