सप्तरीमा थ्रेसरमा पटामा कपाल फँस्दा एकजना घाइते
मिति: २०२३-०४-०५ , समय : १५:२८:५३ , गामघर डेस्क
मिति: २०२३-०४-०५ , समय : १५:२८:५३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीमा गहुँ थ्रेसरमा कपाल फँसेपछि एकजना घाइते भएका छन् ।
सप्तरीको खडक नगरपालिका वडा न. ८ खेस्राहा बस्ने गुदुर मियाँको श्रीमती करिब ३५ वर्षीया मैहरुम खातुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफनै खेतमा गहु थ्रेसरमा दाउने क्रममा थ्रेसरको पटामा मैहरुमको कपाल फँस्दा टाउको कपाल सहित आधी छाला ताछिएको हुदा उपचारको लागी बिराटनगरतर्फ पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यता प्रदेश २–०१–००१ त ०२१५ नम्बरको ट्याक्टर सहित थ्रेसर प्रहरी नियन्त्रणमा रहेको तथा चालक फरार भएकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्याल सप्तरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०४-०५ , समय : १५:२८:५३ , 2 years अगाडि