काेशिमा तटबन्ध निर्माणको नाउँमा बर्षेनि करोडौंको अार्थिक चलखेल…….

बिना अनुमति सप्तरीको काेशि पश्चिमी तटबन्धमा नियम विपरीत वालुवा उत्खन्न गर्दै ................... वालुवा उत्खन्न बारेमा अाफुलाइ केहि पनि जानकारी नरहेको : वडाअध्यक्ष कृष यादवकाे भनाइ

मिति: २०२३-०४-०५ , समय : ०९:०८:१० , शुभ नारायण यादब

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण यादब

काेशि । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ५ बनरझुला नजिक कोसी योजनाका ठेकेदारहरु बढि मुनाफा कमाउन कोशी पश्चिमी तटबंधको भित्री भागमा नियम विपरीत बालुवा उत्खनन गरेर नदी लाई डाईभर्ट गरी पश्चिम तर्फ फर्खाउने काममा लागि परेका छन् ।


काेशिमा तटबन्ध निर्माणको नाउँमा बर्सेनि करोडौंको अार्थिक चलखेल हुने गरेको स्थानीय जानकारहरुकाे कथन रहेको छ । बिना अनुमति सप्तरीको काेशि पश्चिमी तटबन्धमा नियम विपरीत वालुवा उत्खन्न गर्दै अाइरहेपनि यसलाई नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकाय माेन बसेकाे छ। कोसी योजनाका कर्मचारी समेतको मिलोमतोमा यसरी गैर कानूनी गतिविधि भै राखेको हो । जसको मतियार हाम्रो तिरका जनप्रतिनिधिहरु पनि बनेका छन् । आफ्नो स्वामित्वको ट्रायक्टर, जेसिभी भाडामा लगाउनका निम्ति आफ्नो भूभाग र आफ्ना जनताको सुरक्षा संग सम्झौता गरि राखेका छन् हाम्रा जनप्रतिनिधिज्यूहरूले….?

पछिल्लो एक दशक यता पश्चिमी तटबंध तर्फ कोशी नदीको दवाव निरन्तर बढदै गएको छ, वर्षाका वेला हनुमान नगर देखि डलबा सम्मको क्षेत्रमा निरन्तर रहने गरेको जोखिम कसैवाट लुकेको छैन, तै पनि कोसी योजनाका ठेकेदार वाट पाउने थोरै भारुको लोभमा यसभेगका स्थानीय जनप्रतिनिधिहरु सधै मौनता साधेका हुन्छन ।

उसो त कतिपय जानकार कोसी योजनाका ठेकेदार तथा कर्मचारीको मिलमतोमा कोसी पश्चिमी तटबंध तर्फ ठुलो षड्यंत्र भईरहेको दावी समेत गर्ने गर्छन… उनीहरुका अनुसार भारत सरकारले वर्षेनी अरबौं रुपैया खर्चेपनि कोसी योजनाका कर्मचारी र ठेकेदार कोसी नियन्त्रण भन्दा पनि वर्षेनी नयाँ नयाँ जोखिम क्षेत्र वनाएर काम गर्ने ठाउँ बनाउने, सो आधारमा कोसी योजनाले सरकार संग बजेट माग्ने र फेरी अर्को बर्ष उक्त बजेटलाई बांडिचुडि खाने सिलसिला वर्षौ देखि कोशीमा जारी छ…..

फेरी नेपाल तर्फ काम गर्दा भारतीय कर्मचारी र ठेकेदारलाई झन सजिलो हुने गर्छन, नेपाल तर्फका जनप्रतिनिधिहरु मिलेकै हुन्छ, स्थानीय प्रशासन पनि खासै चासो देखाउदैनन, भारत तर्फका मिडिया र जनप्रतिनिधि त्यसै नेपाली भूभागमा आएर हस्तक्षेपकारी भुमिका निर्वाह गर्न चाहदैनन्, रहियो कोसी योजनाका कर्मचारी/प्राविधिक उनीहरु त झन तल देखि माथि सम्म ठेकेदार संग मिलेकै हुन्छन्….

जे होस उनीहरुको पैसा उनीहरु राखुन वा कोसीमा बगाउन हामिलाई धेरै सरोकार भएन तर उनीहरुको षडयंत्रका विच हाम्रो भुभागमा बाढीको जोखिम सृजना हुनु, बर्षैनी डुबानको जोखिम रहिरहनु जस्ता तथ्य बुझेर पनि क्षणिक लाभ र स्वार्थमा मौन बस्ने जनप्रतिनिधिहरुलाई आफ्नो लज्जास्पद व्यवहार परिवर्तन गर्नुपर्छ…? यसेबिच साे सम्बन्धमा वालुवा उत्खन्न बारेमा अाफुलाइ केहि पनि जानकारी नरहेको बताउछन् सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१४ का वडाअध्यक्ष कृष यादवकाे भनाइ रहेको छ । उक्त काेशिमा अबैध वालुवा उत्खनन कार्यमा सप्तरीका सिडियाे ,प्रहरी प्रमुख लगायत स्थानीय सरकार तथा अन्य जिम्मेवार ब्यक्ति समेतलाई लाखौंको अार्थिक चलखेल गरि खुल्लेअाम रुपमा नियम विपरीत वालुवा उत्खनन भइरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त ठेकेदार झाले जिल्लादेखि वडा सम्मका जन प्रतिनिधि तथा उच्च स्तरका ब्यक्तिहरुलाइ अार्थिक प्रलोभन दिई उक्त कार्य नियम विपरीत रुपमा काेशिकाे बालुवा उत्खनन गर्दै अाइरहेकाेले यसतर्फ सम्बन्धित निकाय बेखबर भएको छ । यता साे सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले काेशिमा अबैध रुपमा भइरहेको वालुवा उत्खननकाे बारेमा अस्ति विभिन्न मिडियाहरुमा समाचार अाएकाे हेरेछु अब यसकाे अनुगमन गरेर वास्तविकता के रहेको छ भन्नि बुझने बताउनुभयो । तर साे सम्बन्धमा काेशिमा वालुवा उत्खनन तथा काेशिमा तार जालिकाे काम गर्ने ठेक्का लिएका ठेकेदार मनिष झासग सम्पर्क गर्दा उहाले मलाई सप्तरीका सिडियाे अर्थात् प्रमुख जिल्ला अधिकारीले अनुमति दिएकाे तथा साे सम्बन्धमा थप केही कुरा बाेल्न चाहनु भएन ।

प्रकाशित मिति: २०२३-०४-०५ , समय : ०९:०८:१० , २ वर्ष अगाडि