मधेस प्रदेशका एमाले मन्त्रीले बुझाए राजीनामा
मिति: २०२३-०४-०४ , समय : २३:३२:३७ , गामघर डेस्क
मिति: २०२३-०४-०४ , समय : २३:३२:३७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।
प्रदेश सरकारमा एमालेबाट मन्त्री भएका सरोज यादव, राजकुमार लेखी, सत्रुधनप्रसाद सिंह, जैयद आलम र रायमन्त्री केशव रायले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्।
एमालेका मन्त्रीहरूले राजीनामा दिएको मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
तत्काल सरकारबाट जनमत पार्टी बाहिर हुने वा नहुने अहिले निर्णय नभएको उनले बताए। अचारसंहिता लागेकाले चुनावपछि कांग्रेससहितका दल सरकारमा सहभागी हुने मुख्यमन्त्री यादवले बताउनुभयाे ।
प्रकाशित मिति: २०२३-०४-०४ , समय : २३:३२:३७ , २ वर्ष अगाडि