मधेस प्रदेश : सप्तरीमा दिउँसै प्रहरी निरिक्षक रक्सि सेवन गरि जसपा नेता यादवलाई कुटपिट , बिराेधमा प्रदर्शन ( तस्बिर सहित )
मिति: २०२३-०४-०४ , समय : १५:१३:३२ , शुभ नारायण यादब
मिति: २०२३-०४-०४ , समय : १५:१३:३२ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । दिउँसै रक्सी सेवन गरि जिल्ला प्रहरी कार्यालय सप्तरी मै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई कुटपिट गरि घाइते बनाएकाे बिराेधमा जसपा नेपालका नेता तथा कार्यकर्ताहरू सप्तरीको सदरमुकाम राजविराजमा प्रहरीकाे बिराेधमा उत्रेका छन् ।
उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीको मुल गेटमा टायर बालेर प्रर्दशनमा गरिरहेका छन् । जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादवले एक घटना बारे बुझ्न जादा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरिक्षक नवीन थापाले यादवलाई मरनासन हुने गरि कुटपिट गरेका छन् ।
उनकाे टाउकोमा गम्भीर चाेट छ। तथा कुटपिटबाट गम्भीर घाइते नेता यादवकाे तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा उपचार भइरहेको जसपा नेपालका विघार्थि नेता श्याम कुमार यादवले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०४-०४ , समय : १५:१३:३२ , २ वर्ष अगाडि