भन्सार कार्यालयमा थुपारिएकाे गाडि लिलामी प्रक्रिया नहुदा करोडौंको गाडी कवाडीमा परिणत हुदै ….

मिति: २०२३-०४-०४ , समय : ११:५७:२५ , बिनाेद मण्डल

फाइल फाेटाे

बिनाेद मण्डल

जनकपुर । मधेश प्रदेशको भारतीय सीमावर्ती भन्सार नाकाहरुमा विभिन्न प्रकृतिका अवैध कारोवारमा प्रयोगको नाममा भन्सार कार्यालयद्वारा जफत गरिएको सवारी साधनहरु भन्सार नाकामा रहेको कार्यालय परिसरमा भरिभराउ अवस्थामा रहेको पाईन्छ ।

सिरहाको भगवानपुर गाउँपालिकाकाे वडा नं ४ स्थित ठाडीमा अवैध गाडीहरुको चापले भन्सार कार्यालय भरिभराउ रहेको अवस्था रहेको छ ।

करिब ४ बिगाहा क्षेत्रफल जग्गा स्थानीयबाट विक्रम सम्वत २०७६ सालमा हात पार्न सफल यस भन्सार नाकालाई विक्रम सम्वत २०७५ सालमा मूल भन्सारमा नेपाल सरकारले परिणत गरेपनि हालसम्म उक्त जग्गाको पूरा व्यवस्थापनको अभाव रहेको देखिन्छ ।

भन्सारमा करिब ३०० सय मोटरसाईकल, १५ साइकल ,२२ चार चक्के गाडी लगायत अलपत्र अवस्थाका गाडिहरु कतिपय कवाडीमा परिणत भएको छ, भने कतिपय लिलामी गराउने खालका भएपनि यहाँका निकायहरूको चरम लापरवाहीका कारण गाडिहरु भन्सारमा थन्किएर सरकारलाई करोडौं घाटा हुँदा हुँदै पनि निकायहरु कमिसन र भ्रष्टाचार गर्ने गराउने अवस्थालाई पर्खेर दर्शक बनी मौकाको प्रतीक्षा गरिरहेका छन् ।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : ११:५७:२५ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्