सप्तरीका अग्नपिडित परिवारलाई इ. यादवले नियमित रुपमा राहत बाडदे

मिति: २०२३-०४-०४ , समय : ११:४४:२० , शुभ नारायण यादब

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण यादब

राजविराज । सप्तरीका अग्नपिडित परिवारलाई इन्जिनियर सुर्य नारायण यादवले नियमित रुपमा राहत बाडदे अाएका छन । साेहि क्रममा हल्फा महिला विकास क्लव लालापट्टिले सप्तरीको खड़क नगरपालिका वडा न.-३ बनरझुलाको अग्निपीडित अरुण कुमार चौधरीलाईं राहत वितरण गरेका हुन । राहत स्वरुप त्रिपाल, झुल ,लुगाफाटा र भाडाकुडा लगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत चैत्र १३ गते आगलागि हुदा अनुमानित १० लाख भन्दा‌ बढिको धनसम्पतिको क्षति भएको थियाे ।
उक्त कार्यक्रममा खड़क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र श्रेष्ठ,वडा नं -३ का वडाअध्यक्ष देव नारायण चौधरी,सप्तरी अपांग संघका अध्यक्ष वीरेन्द्र कुमार चौधरी, जनहित पवन लाल आधारभूत विद्यालय बनरझुलाको प्रअ देव नारायण मंडल लगायत स्थानीय व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : ११:४४:२० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्