रवि लामिछानेलाई राहदानी दुरुपयोगको मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

मिति: २०२३-०४-०३ , समय : १६:४३:४९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय खारेजीको माग गरेर सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता युवराज पौडेलले सर्वोच्चमा दिएको निवेदन दर्ता भएको छ । आज दर्ता भएको रिटको पेसी भोलिका लागि तोकिएको सर्वोच्च अदालतमा प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

रवि लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको र नागरिकताकै आधारमा लिएको राहदानी दुरुपयोग गरेको भन्दै उहाँमाथि कारबाहीको माग भएको थियो । तर महान्यायाधिवक्ताको कार्यालयले गएको चैत ६ गते मुद्दा नचलाउने निर्णय गरेको थियो । यो निर्णयविरुद्ध आज दर्ता भएको रिटमा अमेरिकी नागरिक भएपछि नेपाली नागरिक भएको झुटो विवरण दिएर नेपाली राहदानी प्राप्त गर्ने कार्य राहदानीको दुरुपयोगयुक्त कसुरजन्य र दण्डनीय कार्य भएकाले पक्राउ गरेर कारबाहीको माग गरिएको छ । उज्यालो अनलाइनबाट

प्रकाशित मिति: २०२३-०४-०३ , समय : १६:४३:४९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्