भ्रष्टाचारकाे अखाडा बन्दै स्थानीय तहहरु …..

सम्पादकीय ....

मिति: २०२३-०४-०३ , समय : ११:३६:४६ , शुभ नारायण यादब

फाइल फाेटाे

शुभ नारायण यादब

राजविराज । पछिल्लोपटक सप्तरी सहित मुलुकभरिका स्थानीय तहहरुमा व्यापक मात्रामा भ्रष्टाचार भइरहेको छ । नेपालमा रहेका ७५३ वटा स्थानीय तहहरु मध्ये मधेस प्रदेशका स्थानीय पालिकाहरुमा विकासिय बजेट लगायतका कार्यहरुमा व्यापक मात्रामा अनियमितता भएको खुलेकाे हाे । बर्षभरिमा गर्नुपर्ने बिकास निर्माण लगायतका कामहरु अब बल्ल स्थानीय पालिकाहरुले जेष्ठ ,असारमा हचुवाकाे तालमा बजेट सिध्याउन लागिपरेको देखिन्छ । खासगरी सप्तरी सहित मधेस प्रदेशका स्थानीय तहहरुमा यस्ता रबेया बर्षाेदेखि चल्दै अाइरहेकाे छ । पछिल्लोपटक सप्तरीको छिन्नमस्ता ,बिष्णुपुर ,रुपनि ,महादेवा ,तिरहुत ,राजगढ ,अग्निसाइर कृष्णाशवरण ,हनुमाननगर कङकालिनि नगरपालिका सहित राजविराज ,डाक्नेश्वरि ,खडक ,सप्तकाेशि ,कन्चनरुप लगायतका पालिकाहरुमा बिकास निर्माणकाे नाउमा करोडौंको रकम खर्चिने गरेको छ ,तर पालिकामा बिकास खासै नभएको स्थानीयहरुकाे कथन रहेको छ । तसर्थ पछिल्लोपटक स्थानीय तहहरुमा भइरहेको अनियमितता तथा भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ समयमै अख्तियार तथा सम्बन्धित निकायकाे ध्यान जानू जरुरी रहेको छ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : ११:३६:४६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्