समाजसेवी झकरैत दम्पतीद्वारा ४० लाखको जग्गा दान
मिति: २०२३-०३-३१ , समय : १८:४९:४६ , शुभ नारायण यादब
मिति: २०२३-०३-३१ , समय : १८:४९:४६ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज ।
सप्तरीको एक समाजसेवी दम्मतीले धार्मिक संस्था ब्रह्माकुमारी राजयोग सेवा उपकेन्द्र भवन बनाउन लाखौ मूल्यको जग्गा निःशुल्क प्रदान गरेका छन् ।
सप्तरीको तिरहुत गाउँपालिका वडा न.४ लोहजराका समाजसेवी डम्बर नारायण झकरैत यादव र उहाँकी पत्नी सहावती देवीले ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र भवनका लागी आफ्नो नाममा रहेको ४० लाख मूल्य बराबरको एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका हुन ।
राजविराजमा रहेको केन्द्रको क्षेत्रीय कार्यालयले सो गाउँपालिकामा उपकेन्द्र बनाउन जग्गा खोजी रहेका वेला सहयोगी हृदय भएका झकरैत दम्पतीले निःशूल्क जग्गादान गरेर ठूलो गुण लगाएको केन्द्रकी मुख्य प्रभारी ब्रह्माकुमारी भगवती दिदीले बताईन ।
शुक्रवार मुख्य प्रभारी भगवती दिदी, दिपक भाई, बैजन्ती दिदी, मधुसुधन लाल देव, छिमेकी राष्ट्र भारत माउन्ट आबुका प्रशिक्षण विभागका प्रमुख रामचन्द्र भाई, वडा अध्यक्ष रमानन्द चौधरी सहितको गाउँ पुगेको टोलीलाई एक कार्यक्रमबीच झकरैत दम्पतीले जग्गा प्रदानको घोषणा सहित कागजातहरु हस्तान्तरण गरेका छन । जग्गा पाएपछी प्रस्तावित निर्माणस्थलमा झण्डोत्तलन समेत गरिएको छ ।
केन्द्रकी मुख्य प्रभारी भगवती दिदीले झकरैत दम्पतीले जग्गा दिएपछी उपकेन्द्र भवन बनाउने बाटो खुलेको बताईन । उनले छिट्टै मालपोत कार्यलयबाट कित्ताकाट र केन्द्रको नाममा रजिष्ट्रेशन पास गराई निर्माण प्रकृया सूरु गरिने जानकारी दिइन ।
वडाअध्यक्ष चौधरीले धार्मिक गतिवीधी गर्न महंगो जग्गा निःशुल्क दान दिएर झकरैत दम्पतीले समाजमा उदाहरण प्रस्तुत गरेको भन्दै केन्द्रको भवन निर्माणमा पालिकाबाट पनि सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
गाउँसमाजमा सामूहिक सहयोग गर्न हुरुक्कै हुने झकरैत दम्पतीले यति महंगो जमिन दान गरेको उदाहरण समाजमा विरलै पाईने भन्दै स्थानीयले प्रसंसा गरेका छन् । झकरैत दम्पतीका १ छोरा र २ छोरी छन । दुबै छोरीको विवाह भइसकेको छ । छोरा दिनानाथ यादव पत्रकारिता पेशामा आवद्ध छन । समाजसेवा भनेपछी तुरन्त अग्रसर हुने आमा बुवाले ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बनाउन जग्गा खाँचो भएको जानकारी पाएपछी आफुसंग पनि सल्लाह गरेर जग्गा दान गरेको र यसमा आफुलाई पनि निकै गौरव र खुशी महसुस भएको छोरा दिनानाथ यादवले बताउनु भयो ।
प्राप्त जग्गामा आवश्यक प्रक्रिया पुरा गरी छिट्टै सुविधा सम्पन्न उपकेन्द्र भवन निर्माण गरी धार्मिक गतिविधी तिब्र बनाइने केन्द्रको राजविराजस्थित क्षेत्रीय कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-३१ , समय : १८:४९:४६ , २ वर्ष अगाडि