मन्त्रिपरिषद् विस्तार : वरीयतामा पूर्णबहादुर खड्का दाेस्राे र नारायणकाजी श्रेष्ठ तेस्राे नम्बरमा (सूचीसहित)
मिति: २०२३-०३-३१ , समय : १७:३७:२६ , गामघर डेस्क
मिति: २०२३-०३-३१ , समय : १७:३७:२६ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । गएको पुस १० गते नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लगायतका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नयाँ मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् ।
साताैँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारले अझै पूर्णता भने पाएको छैन । प्रधानमन्त्री प्रचण्डसँग अझै कानुन न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।
विस्तारित मन्त्रिपरिषदमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का दाेस्राे वरीयतासहित उपप्रधान एवम् रक्षा मन्त्री बन्नुभएकाे छ । यस्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तेस्राे वरीयतामा रहँदै उपप्रधान एवम् गृह मन्त्री बन्नुभएकाे छ ।
यसैगरी नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल चाैथाे वरीयतासहित कृषि तथा पशुपक्षी मन्त्री बन्नुभएकाे छ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष पाँचाैँ वरीयतामा रहँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएकाे छ । उज्यालो अनलाइनबाट
प्रकाशित मिति: २०२३-०३-३१ , समय : १७:३७:२६ , २ वर्ष अगाडि