लाेसपाका शरत सिंह भण्डारी नयाँ श्रममन्त्री
मिति: २०२३-०३-३१ , समय : १७:०३:०४ , गामघर डेस्क
मिति: २०२३-०३-३१ , समय : १७:०३:०४ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरत सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री परिषद विस्तार गर्नुभएसँगै झण्डै दुई महिनादेखि मन्त्रीविहीन रहेको श्रम मन्त्रालयले नयाँ मन्त्री पाएको छ ।
नवनियुक्त मन्त्रीले लिए शपथ
तराईका पुराना नेतामध्येका एक शरतसिंह भण्डारीको जन्म वि.स.२०१२ सालमा महोत्तरीको औरहीमा भएको हो । पदम विद्या सदन ललितपुरबाट एसएलसी पास गरेका भण्डारीले अमृत साइन्स क्याम्पसबाट आइएस्सी र त्रिचन्द्र कलेजबाट बिएस्सीसम्मको अध्ययन पूरा गर्नुभएको छ ।
वि.स.२०३३ सालमा नेपाल विद्यार्थी मार्फत सक्रिय राजनीति सुरु गर्नुभएका भण्डारी कुनै बेला नेपाली कांग्रेसका तराईको प्रभावशाली नेता मानिनुहुन्थ्यो । २०६४ सालको चुनावमा महोत्तरीको क्षेत्र नम्बर ६ बाट चुनाव जितेका भण्डारी त्यसबेला रक्षामन्त्री पनि हुनुभएको थियो । नेपाली कांग्रेस छाडेका नेता शरत सिंह भण्डारी राजपा अध्यक्ष मण्डलका सदस्य हुँदै अहिले भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता हुनुहुन्छ । उहाँले गएको मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा महोत्तरी क्षेत्र नम्बर २ बाट जित्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-०३-३१ , समय : १७:०३:०४ , २ वर्ष अगाडि