राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई खुवाए शपथ

मिति: २०२३-०३-३१ , समय : १६:१२:२२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका दुई तथा नेकपा माओवादी र जनता समाजवादी पार्टी जसपाबाट एक–एकजनालाई मन्त्रीमा नियुक्त गरेका थिए।

आठ दलबाट काे-काे बन्ने मन्त्री…..[सूचीसहित….]
सत्तागठबन्धनमा आबद्ध दलले सरकारमा जाने मन्त्रीहरू टुंग्याएका छन ।
अहिलेसम्म नाम टुंगो लागेका मन्त्रीहरू :
कांग्रेस
पूर्ण बहादुर खड्का – उपप्रधान तथा रक्षामन्त्री
प्रकाशशरण महत – अर्थमन्त्री
रमेश रिजाल – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
सीता गुरुङ – सहरी विकासमन्त्री

नेकपा माओवादी केन्द्र
नारायणकाजी श्रेष्ठ – उपप्रधान तथा गृहमन्त्री
शक्ति बस्नेत – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री
रेखा शर्मा – सञ्चार तथा सूचना प्रविधिमन्त्री
सुदन किराँती – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
अमनलाल मोदी – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

नेकपा एकीकृत समाजवादी
बेदुराम भुसाल – कृषि तथा पशुपक्षी विकासमन्त्री

प्रकाश ज्वाला – भौतिक पूर्वाधार तथा यातायातमन्त्री

जसपा
अशाेक राई – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री
लोसपा
शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

नाउपा
रञ्जिता श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री

नेसपा
महिन्द्र राय यादव – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

जनमत
अब्दुल खान – खानेपानी तथा सरसफामन्त्री

प्रधानमन्त्रीसँगै रहेका मन्त्रालयहरू
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
परराष्ट्र मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय

प्रकाशित मिति: २०२३-०३-३१ , समय : १६:१२:२२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्