प्रतिनिधि सभा सदस्यकाे उपचुनाव : तनहुँ र बारामा २६ दल दर्ता
मिति: २०२३-०३-३१ , समय : १४:४९:०० , गामघर डेस्क
मिति: २०२३-०३-३१ , समय : १४:४९:०० , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । आउँदाे वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यकाे उपचुनावका लागि दर्ता भएका राजनीतिक दलकाे विवरण सार्वजनिक भएकाे छ । निर्वाचन आयोगले शुक्रवार उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको हाे ।
आयाेगका अनुसार उपचुनावका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ का लागि २६ वटा राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र नम्बर २ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ ।
उपचुनावका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: २०२३-०३-३१ , समय : १४:४९:०० , २ वर्ष अगाडि