खानेपानी मन्त्रीको राजीनामा, जनमत प्रदेश सरकारबाट पनि बाहिरिने

मिति: २०२३-०३-३१ , समय : १४:२१:२५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्रीले राजीनामा दिने भएका छन् । जनमतबाट खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने तयारी गरेका हुन् ।

राजीनामा बुझाउन उनी अहिले बालुवाटार पुगेका छन् । जनमत पार्टीका नेता बिपी साहका अनुसार अहिले बालुवाटारमा छलफल भइरहेको छ।

जनमत पार्टीले उद्योग मन्त्रालय दाबी गर्दै आएको थियो । मन्त्रिपरिषद् विस्तारका क्रममा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिन लागेका हुन्। नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२३-०३-३१ , समय : १४:२१:२५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्