मधेस प्रदेश : एसईई परीक्षामा चोरी गराउने निरीक्षक पक्राउ
मिति: २०२३-०३-३१ , समय : १२:३७:३० , गामघर डेस्क
मिति: २०२३-०३-३१ , समय : १२:३७:३० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशमा एसईई परीक्षामा खटिएका एक निरिक्षक पक्राउ परेका छन् ।
धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित विपि कोइराला माविमा खटेका परीक्षा निरिक्षक नागेन्द्र यादव पक्राउ परेका हुन् ।
यादवले कक्षाकोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराई आफ्नो मोबाइलमा पठाउन लगाएर बिद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि पक्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
जनता आधारभूत माध्यमिक विद्यालय बनिगामा लक्ष्मिनीयाँमा शिक्षक पदमा कार्यरत यादवलाई विपि कोइराला माविको परीक्षा निरिक्षकमा खटाइएको थियो ।
परीक्षा निरिक्षकले नै मोबाइल प्रयोग गरी वाट्सअपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि बिद्यार्थीले उतार गरेको पाइएको थियो ।
प्रकाशित मिति: २०२३-०३-३१ , समय : १२:३७:३० , २ वर्ष अगाडि