मधेस प्रदेशमा एसईई परीक्षा शुरु भएलगत्तै अङ्ग्रेजी बिषयकाे प्रश्नपत्र बाहिरिएको खुलासा………

मिति: २०२३-०३-३१ , समय : १०:५६:१५ , शुभ नारायण यादब

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण यादब

राजविराज । मधेस प्रदेशमा यश बर्ष पनि एसईई परिक्षाकाे प्रश्न पत्र परिक्षा शुरु हुने बितिक्के बाहिरिएको खुलासा भएको छ । यस वर्ष मधेस प्रदेशकाे बारा जिल्लाकाे आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हाे । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको स्रोतले जनाएको छ । अंग्रेजीको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि…
अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि धनुषाको एक परीक्षा केन्द्रमा झण्डै एक घण्टा ढिलो एसईई परीक्षा सुरु भएको छ ।
धनुषाको औरही गाउँपालिका स्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा ५० मिनेट ढिलो परीक्षा सुरु भएको हो । बिहान ८ बजे सुरु हुने परीक्षा ८ बजेर ५० मिनेटमा सुरु भएको छ ।
प्राविधिक गडबडीले अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि मुचुल्का गरेर ढिलो गरी पुरीक्षा सुरु गरिएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिनुभयाे ।
एसईई अन्तर्गत आज बिहान ८ बजेदेखि देशैभर अनिवार्य अंग्रेजी विषयको परीक्षा सुरु भएको छ ।
एसईईको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ
एसईई परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् ।
आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श चिउटाहाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
मोबाइलमा ह्वाट्सएप नम्बरमा आजको अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।
झन्डै ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदै……

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसईई परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरीका पाँच लाख १६ हजार ५ सय ७७ जनाले आवेदन फाराम भरेका छन् । आवेदन भरेकामध्ये चार लाख ८४ हजार २ सय २७ जना परीक्षामा सहभागी हुँदैछन् ।
परीक्षाका लागि देशभर दुई हजार ३६ र जापानमा एउटा गरी दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् ।
सबै परीक्षा केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउनेलगायतका काम सकिएको छ । विद्यार्थीलाई कुनै डरत्रास नलिइ ढुक्क भएर परीक्षा दिन परीक्षा नियन्त्रक श्रेष्ठले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: २०२३-०३-३१ , समय : १०:५६:१५ , २ वर्ष अगाडि