भारतमा मन्दिरकाे छत भत्किँदा १३ जनाकाे मृत्युु
मिति: २०२३-०३-३० , समय : २०:५५:१७ , गामघर डेस्क
मिति: २०२३-०३-३० , समय : २०:५५:१७ , गामघर डेस्क
गामघर डेस्क
भारत ।
भारतकाे मध्य प्रदेशको इन्दौरमा एक मन्दिरको छत भत्किँदा १३ जनाको मृत्युु भएको छ । रामनवमीको अवसरमा लागिरहेको मेलामा अत्यधिक भिडका कारण मन्दिरको छत खस्दा १३ जनाको मृत्युु भएको हो ।
मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले मन्दिरकाे छत भत्किँदा १० महिलासहित १३ जनाकाे मृत्युु भएको बताउनुभयो । अहिलेसम्म १९ जनालाई उद्धार गरेर अस्पताल पठाइएकाे छ ।
रामनवमी मनाउन मन्दिरमा मानिसहरू जम्मा भएका थिए, त्यही समयमा मन्दिरमा रहेको छाना खसेको थियो । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका आफन्तलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०३-३० , समय : २०:५५:१७ , २ वर्ष अगाडि