सप्तरीमा मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा एकजना घाइते
मिति: २०२३-०३-३० , समय : १८:४६:५० , गामघर डेस्क
मिति: २०२३-०३-३० , समय : १८:४६:५० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा मादक पदार्थ सेवन गरेर गालीगलौज गरेको कारण कुटपिट हुँदा एकजना घाइते भएका छन् ।
सप्तरीको डाक्नेश्चरी नगरपालिका वडा न.-३ बस्ने ४५ बर्षीय छुतहरु रामले मादक पदार्थ सेवन गरेर सोही ठाउँका २४ बर्षीय मिलन रामलाई गालीगलोज गरेको विषयलाई लिएर वादविवाद र कु टपिट हुदाँ छुतहरु राम घाइते भएका छन् ।
यता कुटपिटबाट मुख र टाउकोमा चोट रहेको छुतहरुको स्थानीय मेडिकल पसलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-३० , समय : १८:४६:५० , २ वर्ष अगाडि