जसपालाइ उपराष्ट्रपति दिन माओवादी केन्द्र सकारात्मक रहेको उपेन्द्र यादबकाे कथन
मिति: २०२३-०२-२३ , समय : १९:४५:४८ , गामघर डेस्क
मिति: २०२३-०२-२३ , समय : १९:४५:४८ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताउनुभएको छ ।
सिंहदरबारमा अाज रहेकाे माओवादी केन्द्रको संसदीय दलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । छलफलका क्रममा आफूहरूले राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव तथा सरकारको विषयमा धारणा राखेको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘उपराष्ट्रपति, राष्ट्रपति, सरकारलगायतका विषयहरूमा हामीले आफ्नो धारणा राख्याैँ । माओवादी अत्यन्त सकारात्मक छ । माओवादी, प्रचण्ड जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहनुभएको छ ।’
अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डले जुनसुकै काम गर्दा पनि नेपाली कांग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गर्नुभएको उल्लेख गर्नुभयो । प्रचण्डले आउँदा दिनमा कांग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको उहाँको भनाइ छ ।
अहिले केहीबेरमा फेरि प्रधानमन्त्री प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरू छलफलमा जुट्ने उहाँले जानकारी दिनुभयो ।उज्यालो अनलाइनबाट
प्रकाशित मिति: २०२३-०२-२३ , समय : १९:४५:४८ , २ वर्ष अगाडि