मानव कल्याण,सुख,शान्ति,समृद्घिको कामनाका लागी अष्टयाम संर्किन शुरु

मिति: २०२३-०३-३० , समय : १७:५१:१७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको महादेवा गाउँपालिका वडा न. १ पकरी स्थित माँ भगवती काली मन्दिरमा बिहिवारदेखि मानव कल्याण,सुख,शान्ति,समृद्घि लगायतको कामनाका लागी अष्टयाम संर्किन शुरु भएको छ । यस मन्दिरमा विगत २०७३ सालदेखि रामनमी चैते दशमीको अवसरमा २४ धन्टै अष्टयाम संर्किन हुदै आएको आयोजक रामलखन यादवले जानकारी दिनुभयो । यस मन्दिरमा विभिन्न किर्तन मण्डलीले साँझ ५ वजेदेखि माँ भगवती काली महाजपबाट अष्टयाम संर्किन २४ घन्टै शुरु गरेको आयोजकले जनाएको छ । स्थानिय बेचन यादव दम्पतिले संयुक्तरुपमा निर्माण गरेका मन्दिरको तत्कालिन प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले २०७३ साल असोज २४ गते एक समारोह विच उद्घाटन गरेका थिए । यस मन्दिरमा दैनिक भजन,किर्तन,पुजा पाठ,आरती लगायतको धार्मिक कार्यक्रम हदै आएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-३० , समय : १७:५१:१७ , २ वर्ष अगाडि