भुमिहिनद्वारा मधेस प्रदेशकाे मुख्यमन्त्री कार्यालय घेराउ

मिति: २०२३-०२-२३ , समय : १९:१३:१५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । चुरे तथा वनजङ्गल संरक्षण अभियानले आज बिहीवारदेखि जनकपुरमा आन्दोलन सुरु गरेको छ ।

भूमिहीनहरूलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने, चुरे दोहन तत्काल रोक्नुपर्ने लगायतका माग गर्दै अभियानले आजदेखि मधेस प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गरेको हो । आन्दाेलनका क्रममा मुख्यमन्त्री कार्यालयमा धर्ना दिइएको छ । भूमिहीनलाई जग्गा देउ, दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर, चुरे दोहन रोकलगायतका नाराबाजी गर्दै उनीहरूले मुख्यमन्त्री कार्यालय घेराउ गरे ।

आफूहरूले विगतमा राख्दै आएको माग पूरा नभएपछि मधेस प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गर्नुपरेको अभियानमा संरक्षक सरोज रायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्राे माग पूरा नभए अनिश्चितकालीन धर्नामा बस्न बाध्य हुनेछौँ ।’

यता मधेस सरकारले आफूहरूले विगतमा राखेको पाँच सूत्रीय माग सम्बोधन नगरेपछि याे आन्दोलन सुरु गर्न बाध्य हुनुपरेको अभियानले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-२३ , समय : १९:१३:१५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित