नेपाल डेण्टल एसोसिएसनले दात सम्बन्धिका बिरामीलाई नि:शुल्क स्वास्थ उपचार गरे

मिति: २०२३-०३-२९ , समय : २१:३०:०९ , रुपेश कुमार यादव

तस्बिर : गामघर टिभिबाट

रुपेश कुमार यादव

राजविराज । नेपाल डेण्टल एसोसिएसन, सप्तरीले दात सम्बन्धिका बिरामी लाई नि:शुल्क स्वास्थ उपचार गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ४ लालापट्टिमा सम्पन्न स्वास्थ शिविरबाट दात सम्बन्धिका एक सय भन्दा बढी बिरामीले स्वास्थ लाभ लिएको आयोजकले बताए । मङ्गलबार बिहान १०:३० बजेबाट सुरु भएको शिविरमा ६५ पुरुष र ४५ महिलाले स्वास्थ परिक्षणसंगै औसधि, ब्रश,पेस्टलगायतका सामग्री समेत निशुल्क पाएका थिए । नेपाल डेण्टल एसोसिएसनले नि:शुल्क सन्चालन गरेको शिविरमा ३ जना चिकित्सकको टाेलि रहेको शिविरमा सहभागी डा. शुनिल कुमार सिंहले जानकारी दिनुभयो । एक दिने नि:शुल्क स्वास्थ शिविरमा डा.रुवि यादवसगे शिविर काेर्डिनेटर डा.दिव्या मेहताको सहभागी रहेको थियो ।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : २१:३०:०९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित