सप्तरीको काेशि पश्चिमी तटबन्धमा नियम विपरीत वालुवा उत्खन्न
काेशि याेजनाका कर्मचारीहरुकाे मिलाेमताेमा खुल्लेअाम वालुवा उत्खनन भइरहेको खुलासा.....
मिति: २०२३-०३-२९ , समय : ०९:०२:५४ , गामघर डेस्क
मिति: २०२३-०३-२९ , समय : ०९:०२:५४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ५ बनरझुला नजिक कोसी योजनाका ठेकेदारहरु बढि मुनाफा कमाउन कोशी पश्चिमी तटबंधको भित्री भागमा नियम विपरीत बालुवा उत्खनन गरेर नदी लाई डाईभर्ट गरी पश्चिम तर्फ फर्खाउने काममा लागि परेका छन् ।
कोसी योजनाका कर्मचारी समेतको मिलोमतोमा यसरी गैर कानूनी गतिविधि भै राखेको हो । जसको मतियार हाम्रो तिरका जनप्रतिनिधिहरु पनि बनेका छन्. आफ्नो स्वामित्वको ट्रायक्टर, जेसिभी भाडामा लगाउनका निम्ति आफ्नो भूभाग र आफ्ना जनताको सुरक्षा संग सम्झौता गरि राखेका छन् हाम्रा जनप्रतिनिधिज्यूहरूले….?
पछिल्लो एक दशक यता पश्चिमी तटबंध तर्फ कोशी नदीको दवाव निरन्तर बढदै गएको छ, वर्षाका वेला हनुमान नगर देखि डलबा सम्मको क्षेत्रमा निरन्तर रहने गरेको जोखिम कसैवाट लुकेको छैन, तै पनि कोसी योजनाका ठेकेदार वाट पाउने थोरै भारुको लोभमा यसभेगका स्थानीय जनप्रतिनिधिहरु सधै मौनता साधेका हुन्छन्…
उसो त कतिपय जानकार कोसी योजनाका ठेकेदार तथा कर्मचारीको मिलमतोमा कोसी पश्चिमी तटबंध तर्फ ठुलो षड्यंत्र भईरहेको दावी समेत गर्ने गर्छन… उनीहरुका अनुसार भारत सरकारले वर्षेनी अरबौं रुपैया खर्चेपनि कोसी योजनाका कर्मचारी र ठेकेदार कोसी नियन्त्रण भन्दा पनि वर्षेनी नयाँ नयाँ जोखिम क्षेत्र वनाएर काम गर्ने ठाउँ बनाउने, सो आधारमा कोसी योजनाले सरकार संग बजेट माग्ने र फेरी अर्को बर्ष उक्त बजेटलाई बांडिचुडि खाने सिलसिला वर्षौ देखि कोशीमा जारी छ…..
फेरी नेपाल तर्फ काम गर्दा भारतीय कर्मचारी र ठेकेदारलाई झन सजिलो हुने गर्छन, नेपाल तर्फका जनप्रतिनिधिहरु मिलेकै हुन्छ, स्थानीय प्रशासन पनि खासै चासो देखाउदैनन, भारत तर्फका मिडिया र जनप्रतिनिधि त्यसै नेपाली भूभागमा आएर हस्तक्षेपकारी भुमिका निर्वाह गर्न चाहदैनन्, रहियो कोसी योजनाका कर्मचारी/प्राविधिक उनीहरु त झन तल देखि माथि सम्म ठेकेदार संग मिलेकै हुन्छन्….
जे होस उनीहरुको पैसा उनीहरु राखुन वा कोसीमा बगाउन हामिलाई धेरै सरोकार भएन तर उनीहरुको षडयंत्रका विच हाम्रो भुभागमा बाढीको जोखिम सृजना हुनु, बर्षैनी डुबानको जोखिम रहिरहनु जस्ता तथ्य बुझेर पनि क्षणिक लाभ र स्वार्थमा मौन बस्ने जनप्रतिनिधिहरुलाई आफ्नो लज्जास्पद व्यवहार परिवर्तन गर्नुपर्छ…? जितेन्द्र झा जितुकाे फेसबुकवालबाट
प्रकाशित मिति: २०२३-०३-२९ , समय : ०९:०२:५४ , २ वर्ष अगाडि