सुनसरीमा अागलागि हुदा पाँच जनाकाे ८ घर जलेर लाखौंको क्षति
मिति: २०२३-०३-२६ , समय : २३:४०:०१ , गामघर डेस्क
मिति: २०२३-०३-२६ , समय : २३:४०:०१ , गामघर डेस्क
गामघर डेस्क
सुनसरी । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा न.–८ स्थित साेनयाही गाउँमा आइतबार आगलागी हुँदा पाँच जनाकाे ८ घर जलेर नष्ट भएका छन्। स्थानीय खुर्शिद अंसारीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य घरमा सल्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राइले जानकारी दिए।राइका अनुसार, गहुँ दाैनी गर्दा अचानक गहुँ थ्रेसरबाट आगलागी भएको आशंका गरिएको छ ।
आगलागी नियन्त्रणमा लिनकाे लागि नेपालकाे छिमेकी राष्ट्र भारतकाे बिहारबाट समेत बारूणयन्त्र आउनुको साथै सुनसरी जिल्लाको ५ वटा बारूणयन्त्र ( दमकल), सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकाे थियो। आगलागीबाट स्थानीय खुर्शिद अंसारी,फराहान अंसारी,हनिमन असारी , समिद मियाँ र इर्फान अलीको घर जलेर नष्ट भएको छ।आगलागीबाट करिब एक करोड रुपैयाँको क्षति भएको प्रारम्भिक आँकलन गरिएको प्रहरी नायब उपरीक्षक राइले जानकारी दिए। गाउँपालिकाको दमकल नभएका कारण सुनसरीकाे इनरुवा , रामधुनी, दुहबी , काेशी , हरिनगर गाउँपालिका र छिमेकी मुलुक भारतकाे बिरपुरबाट घटनास्थल पुग्दा आगो बस्तीभर फैलिन थालिएको स्थानीय इफ्रान अंसारीले बताए।आगलागी पीडितलाई तत्काल राहतका लागि त्रिपाल र खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए।
प्रकाशित मिति: २०२३-०३-२६ , समय : २३:४०:०१ , २ वर्ष अगाडि